Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

शरदपुरमा अवस्थित पञ्चशील महाबौद्ध गुम्बामा शनिबारदेखि बौद्ध दर्शनको त्रिपिटक पाठ हुने

शरदपुरमा अवस्थित पञ्चशील महाबौद्ध गुम्बामा शनिबारदेखि बौद्ध दर्शनको त्रिपिटक पाठ हुने

images

इच्छाकामना न्युज

३, फाल्गुण २०८०
शरदपुरमा अवस्थित पञ्चशील महाबौद्ध गुम्बामा शनिबारदेखि बौद्ध दर्शनको त्रिपिटक पाठ हुने
images

भरतपुर । पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा शनिबारदेखि एक हप्तासम्म त्रिपिटक (कंग्युर) पाठ र धार्मिक प्रवचन हुने भएको छ । धार्मिक अनुष्ठानको आयोजक पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले बिहीबार गुम्बा परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी त्रिपिटक पाठ एवं धार्मिक प्रवचनबारे जानकारी गराएको हो ।

आयोजक मूल समितिका संयोजक सन्तलाल गुरुङले प्राणीहरुको कल्याण र विश्वशान्तिका लागि बौद्ध धर्मग्रन्थ त्रिपिटक पाठसँगै धार्मिक प्रवचनको कार्यक्रम राखिएको बताए । पहिलो दिन ५ गते शनिबार बिहान शोभायात्रा निकालिने जानकारी दिँदै संयोजक गुरुङले १२ गते समापन कार्यक्रम गरिने बताए । धार्मिक अनुष्ठानलाई सफल पार्न पाँच हजार रुपैयाँभन्दा माथि आर्थिक सहयोग गर्ने दानवीरहरुलाई प्रमाणपत्र र खादाले सम्मान गरी शीलालेखमा नाम लेखिने जानकारी दिइएको छ ।

सप्ताहव्यापी धार्मिक अनुष्ठानमा टुल्कु रिन्पोछे थुब्वाङ तेन्जिन गुरुङ, खेम्पो रिन्पोछे रनबहादुर गुरुङ, खेम्पो रिन्पोछे नरेश गुरुङ, खेम्पो रिन्पोछे शिर लामा गुरुङ र खेम्पो रिन्पोछे सन्तोष गुरुङले धार्मिक प्रवचन एवं अन्य कार्य गर्ने बताइएको छ । यस कार्यक्रमको पूजा प्रमुख तथा प्रमुख वाचक खेम्पो रिन्पोछे दशरथ गुरुङ र पूजा सहसंयोजक रक्षेबहादुर गुरुङ रहेका छन् । अनुष्ठानमा बिहान ७ बजेबाट साँझ ६ बजेसम्म पूजापाठ हुनेछ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - २३:५१:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology