Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

हिसान कप फुटबल : अरोमा र अर्बिट सेमिफाइनल प्रवेश 

हिसान कप फुटबल : अरोमा र अर्बिट सेमिफाइनल प्रवेश 

images

इच्छाकामना न्युज

२८, माघ २०८०
हिसान कप फुटबल : अरोमा र अर्बिट सेमिफाइनल प्रवेश 
images
भरतपुर । अरोमा कलेज र अर्बिट कलेज हिसान चितवनको आयोजनमा जारी हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 
 
भरतपुर १० गेष्टहाउस चौरमा जारी प्रतियोगिता अन्तर्गत आज (आइतबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा प्रेरणालाई हराउँदै अरोमाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । अरोमाले प्रेरणालाई ३-१ ले हरायो । 
 
अरोमाको जितमा कप्तान सुलभ आचार्यले दुई तथा आयुष ढकालले एक गोल गरे । प्रेरणाले एक उपहार गोल पाएको थियो । अरोमाका कप्तान सुलभ प्लेयर अफ दि म्याच चुनिए । 
 
अरोमाले अब सेमिफाइनलमा सोमबार हुने पहिलो खेलको विजेतासँँग भिड्नेछ । सोमबार तेस्रो क्वाटरफाइनलमा एपेक्स एकेडेमी र न्यु क्यापिटलबीच खेल हुनेछ । उक्त खेल दिउँसो २ बजे हुनेछ ।
 
आजैको दोस्रो खेलमा जित हात पार्दै अर्बिट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्बिटले अंंकुरम एकेडमीलाई १-० ले हरायो । अर्बिटको जितमा करिब पुनले निर्णायक गोल गरे । करिब नै म्यान अफ दि म्याच भए । 
 
यो जितसँँगै अर्बिट सेमिफाइनल प्रवेश गरेको छ । अर्बिटले फाइनल प्रवेशका लागि सोमबार हुने चौथो क्वाटरफाइनल खेलको विजेतासँँग खेल्नेछ । चौथो क्वाटरफाइनलमा सोमबार दिउँसो ३ बजे गुरुकुल कलेज र ग्रीनल्याण्ड पब्लिक स्कुल भिड्नेछन् । 
 
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ तथा उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - २१:५८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology