Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फागुन १२ गते चितवनमा गुरुङ भाषाको चलचित्र ‘मि–थो’ प्रदर्शन हुने

फागुन १२ गते चितवनमा गुरुङ भाषाको चलचित्र ‘मि–थो’ प्रदर्शन हुने

इच्छाकामना न्युज

२८, माघ २०८०
फागुन १२ गते चितवनमा गुरुङ भाषाको चलचित्र ‘मि–थो’ प्रदर्शन हुने
images

चितवन । गुरुङ मातृभाषामा निर्माण गरिएको चलचित्र ‘मि–थो’ (खुल्ला आँखा) चितवनमा प्रदर्शन हुने भएको छ । तमू प्ये ल्हु संघ चितवनको संयोजनमा उक्त चलचित्रको चितवनमा प्रदर्शन हुन लागेको हो । 

images
images

चितवनकै गुरुङ चलचित्रका कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’को समेत अभिनय रहेको चलचित्र यहि फागुन १२ गते इन्द्रदेव चलचित्र मन्दिर नारायणगढमा प्रदर्शन गर्न लागिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । चलचित्र हेर्नको लागि ३ सय र ५ सय रुपैयाँको टिकट व्यवस्था गरिएको उनले बताए ।

426337829_2181013372241061_5741166694456283056_n.jpg

स्टार स्टुडियो प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता शंकर गुरुङ (बतासे) हुन् भने उनैले चलचित्रको कथा, पटकथा र संवाद लेखेका छन् । 

यस्तै चलचित्रको निर्देशन राज बहादुर गुरुङ (राजेश)ले गरेका हुन् ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - ०९:४५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology