Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजविराज कारागारमा एक बन्दी शौचालयमा मृत अवस्थामा भेटिए

राजविराज कारागारमा एक बन्दी शौचालयमा मृत अवस्थामा भेटिए

इच्छाकामना न्युज

२८, माघ २०८०
राजविराज कारागारमा एक बन्दी शौचालयमा मृत अवस्थामा भेटिए
images

राजविराज । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा भेटिएका छन् । मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारका निमित्त प्रशासक सदानन्द दासले बताए ।

images
images

गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।

बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्व पोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । हनुमाननगर कंकालिनी नगरपालिका–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधा कुमारी मण्डलले हातखुट्टा समातेपछि देबेन्द्रले बालिकाको सिउँदोमा सिन्दुर हालेर बलात्कार गरेको पीडितका बुवाले बताएका थिए ।

जिल्ला प्रहरी कार्यालयले मण्डललाई साउन १७ गते पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयमा साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा भदौ १० गते अभियोग पत्र दायर भएको थियो ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको परिवारलाई घटना थाहा पाएलगत्तै जानकारी दिएको र उनका परिवारका सदस्य आएपछि शवको मुचुल्का गरिने निमित्त कारागार प्रशासक दासले बताए ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - ०९:०४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology