Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धादिङको थाक्रेमा आफ्नै बहिनीलाई दाजुले बलात्कार गरे, बहिनीले दाजुको छोरा अपहरण गरिन्

धादिङको थाक्रेमा आफ्नै बहिनीलाई दाजुले बलात्कार गरे, बहिनीले दाजुको छोरा अपहरण गरिन्

images

इच्छाकामना न्युज

२५, माघ २०८०
धादिङको थाक्रेमा आफ्नै बहिनीलाई दाजुले बलात्कार गरे, बहिनीले दाजुको छोरा अपहरण गरिन्
images

काठमाडौँ । धादिङको थाक्रेस्थित आग्राखोलामा बस्ने एउटा परिवारमा दर्दनाक घटना भएको छ । दाइको बलात्कारबाट २५ वर्षीया युवती गर्भवती हुन्छिन् । 

बच्चा जन्माउन अस्पतालमा जाँदा ७ महिनाको नवजात शिशुको मृत्यु हुन्छ । त्यसपछि माघ २० मा उनले आफूमाथि बलात्कार गर्ने दाइको १३ महिने छोरालाई अपहरण गरेर काठमाडौँ ल्याउँछिन् ।

पीडितले नाबालकलाई काठमाडौँमा ल्याएर उनका साथिहरु कमल बिक र शारदा क्षेत्रीको डेरामा छाडिन् । तनहुँ घर भएर रातोपुल नजिकै बस्ने २७ वर्षीय कमल र ३३ वर्षीया शारदा पति–पत्नी हुन् । माघ २१ मा बिहान ३ बजेतिर वाकिङमा निस्केकाहरुले रातोपुलस्थित फोहोर फाल्ने ठाउँमा बालक रोएको आवाज सुनेपति प्रहरीलाई खबर गरे । अस्थाई प्रहरी पोष्ट रातोपुलबाट खटिएको टोलीले नाबालकलाई उद्धार गरे । बालकलाई काठमाडौँबाट ल्याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

प्रहरीले बलात्कारमा संलग्न ३३ वर्षीय दाजु र बलात्कृत बहिनीसहित ५ जनालाई पक्राउ गरेको छ । दाजुलाई हाडनातामा बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी मिश्रले जानकारी दिए । बलात्कार आरोपी दाइ माघ २१ मा पक्राउ परेका हुन् । बलात्कृत तर, अपहरणमा संलग्न युवतीलाई माघ २४ मा पक्राउ गरेर प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

काठमाडौँमा डेरामा बसेर अपहरण गरेको बच्चालाई रातोपुलस्थित सड्कमा राख्न सहयोग गरेको आरोपमा कमल बिक र शारदा क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेर अपहरण मुद्दामा अनुसन्धान गरिरहेको छ । दाजुले बलात्कार गरेको थाहा पाएपछि थाक्रे गाउँपालिका–४ घर भएका देवेन्द्र कुमार थापाले पनि २५ वर्षीया युवतीलाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ३९ वर्षीय देवेन्द्रलाई पनि माघ २१ मा पक्राउ गरेर बलात्कार मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । अहिले ३ जना अपहरण र दुईजना बलात्कार मुद्दामा जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा छन् । 

images
प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - २०:५१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology