Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शान्ति समाज चितवनद्वारा चौबिसकोठीमा युद्ध विरोधी प्रदर्शन

शान्ति समाज चितवनद्वारा चौबिसकोठीमा युद्ध विरोधी प्रदर्शन

इच्छाकामना न्युज

२१, माघ २०८०
शान्ति समाज चितवनद्वारा चौबिसकोठीमा युद्ध विरोधी प्रदर्शन
images

भरतपुर । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले युद्ध निषेधः शान्ति विशेष अभियान अन्तर्गत भरतपुरको पारस बसपार्कमा प्रदर्शन गरेको छ ।

images
images

रुसः युक्रेनमाथि आक्रमण बन्द गर । युद्धको कहालीलाग्दो सिलसिला तत्काल अन्त्य गर । विभिन्न प्रलोभन दिएर रुसी सेनामा नेपालीलाई भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य बन्द गर । इजरायलः तत्काल युद्धविराम गर । मानवता विरुद्धको अपराध बन्द गर । हमासः आतंकवाद बन्द गर । विपिन जोशी लगायत बन्धक बनाएका सबैलाई विना सर्त रिहा गर । भन्ने नारा सहित समाजले प्रदर्शन गरेको हो ।

सो प्रदर्शन कार्यक्रममा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत, सचिव जीवन के सी, सह–सचिव संसारचन्द्र न्यौपाने, सदस्यहरु सुशील राना, झलकप्रसाद अधिकारी, किरण राउत, आजिवन सदस्य पुर्णचन्द्र चापागाईं , मिठु गौतम , रुबिसा कोइराला , माया पोख्रेल , सुमि गौतम , कृति चौधरी , निमा बुढा, ऋषिराम खनिया , सुवर्ण रेग्मी , शोभाकर भुषाल , युवराज भुर्तेल , खोमानन्द भुर्तेल लगायतका अधिकारकर्मिहरुको उपस्थिति रहेको थियो ।

 

images
प्रकाशित मिति :माघ २१, २०८० आइतवार - २०:४१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology