Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

स्याङ्गजाको फेदिखोलामा उपाध्यासँग सुत्केरी पोषण कार्यक्रम शुभारम्भ

स्याङ्गजाको फेदिखोलामा उपाध्यासँग सुत्केरी पोषण कार्यक्रम शुभारम्भ

इच्छाकामना न्युज

१५, माघ २०८०
स्याङ्गजाको फेदिखोलामा उपाध्यासँग सुत्केरी पोषण कार्यक्रम शुभारम्भ

स्याङजा । स्याङजाको फेदीखोला गाउँपालिकामा उपाध्यक्ष सँग सुत्केरी पोषण कार्यक्रम–२०८० शुभारम्भ भएको छ । पालिका भरी गत श्रावण देखि हाल सम्म ५६ जना सुत्केरी आमाहरु रहेको र उनीहरुको घर–घरमा गएर पोषण खानेकुरा बितरण गरेको गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले बताए । आज गाउँपालिका अन्तर्गत वडा नं. ३ र ५ नम्बर वडामा रहेका सुत्केरी आमा, शिशु र परिवारलाई स्वास्थ्यकर्मीको टिम सहित प्रत्यक्ष भेटघाट गरेको उनले बताए ।

images

422514190_343133355291861_2583348163614400183_n.jpg

गाउँपालिकाका स्वास्थ्य प्रमुख खिलप्रसाद पौडेल लगायतको टिमले आमा तथा शिशुको स्वास्थ्य जाँच गरेका थिए भने आमाले आईरन चक्की खाए नखाएको, बच्चालाई नियमित खोप लगाए नलगाएको, नियमित तौल लिए नलिएको,  पुर्ण स्तनपान गराए नगराएको, बच्चा र आमालाई थप आहाराको बारेमा जानकारी र व्यवहारमा उतार गरे नगरेको, बच्चा पुगेको दम्पतीले फ्यामिलि प्लानिङको बारेमा के सोंच बनाएको छ र सामान्यतया स्वास्थ्य सरसफाइमा ध्यान राख्नु पर्ने ईत्यादी विषयमा पनि सु–सुचित गरि छालफल समेत गरेका थिए ।

शुभारम्भको पहिलो दिन ९ घरमा पुगेर चामल, दाल, नुन, नुहाउने साबुन, टुथपेस्ट, ब्रस, फलफुल  र घिउ बितरण गरेका थिए भने बाँकी घरमा पनि आगामी दिनमा पुगेर वितरण गर्ने उपाध्यक्ष देउकुमारी गुरुङले बताए ।

images
प्रकाशित मिति :माघ १५, २०८० सोमवार - २१:१९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology