Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू प्ये ल्हु संघ चितवनद्वारा भरतपुरको उजेलीनगरमा नयाँ इकाई समिति गठन, अध्यक्षमा नवराज गुरुङ

तमू प्ये ल्हु संघ चितवनद्वारा भरतपुरको उजेलीनगरमा नयाँ इकाई समिति गठन, अध्यक्षमा नवराज गुरुङ

इच्छाकामना न्युज

१४, माघ २०८०
तमू प्ये ल्हु संघ चितवनद्वारा भरतपुरको उजेलीनगरमा नयाँ इकाई समिति गठन, अध्यक्षमा नवराज गुरुङ
images

चितवन । गुरुङ समुदायको धार्मिक संस्थाको रुपमा स्थापित तमू प्ये ल्हु संघ चितवनले संगठन विस्तारलाई तिव्रता दिदै नयाँ गाउँ इकाई समिति गठन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि भरतपुर ६ उजेलीनगरमा संघको नयाँ गाउँ इकाई समिति गठन गरेको हो ।

images
images

स्थानीय नवराज गुरुङको अध्यक्षतामा ९ सदस्यीय तमू प्ये ल्हु संघ उजेलीनगर गाउँ इकाई समिति गठन गरिएको तमू प्ये ल्हु संघ चितवनका जिल्ला अध्यक्ष बिक्रम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा पुर्ण बहादुर गुरुङ, सचिवमा प्रीतम गुरुङ, सह–सचिवमा पर्मिला गुरुङ र कोषाध्यक्षमा गीता गुरुङ चयन भएको छ ।

421648750_2025956204439960_4982343093323180305_n.jpg

यस्तै समितिका सदस्यहरुमा पंच बहादुर गुरुङ, आइतकुमार गुरुङ, अस्मिता गुरुङ र बिनिता गुरुङ रहेका छन् 

कार्यक्रममा तमु प्ये ल्हु संघ चितवनका जिल्ला अध्यक्ष बिक्रम गुरुङ, संगठन सचिव पूर्ण गुरुङ, सदस्य ज्ञान गुरुङ, जिल्ला महिला समितीका अध्यक्ष शान्ति गुरुङ, सल्लाहकार संयोजक एंव संस्थापक भिम बहादुर गुरुङ गुरुङ सल्लाहकारहरु तुलाराम गुरुङ र पन्च  बहादुर गुरुङको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :माघ १४, २०८० आइतवार - ०९:५७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology