Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाल शिक्षक संघ इच्छाकामनाको पाँचौ स्थानीय प्रतिनिधिसभा मुग्लिनमा सम्पन्न

नेपाल शिक्षक संघ इच्छाकामनाको पाँचौ स्थानीय प्रतिनिधिसभा मुग्लिनमा सम्पन्न

images

इच्छाकामना न्युज

२९, पौष २०८०
नेपाल शिक्षक संघ इच्छाकामनाको पाँचौ स्थानीय प्रतिनिधिसभा मुग्लिनमा सम्पन्न
images

मुग्लिन । नेपाल शिक्षक संघ इच्छाकामनाको पाँचौ स्थानिय प्रतिनिधिसभा सम्पन्न भएको छ । शनिबार इच्छाकामना ५ मुग्लिनमा सभा सम्पन्न भएको हो । 

उक्त प्रतिनिधिसभामा संघका सचिव सञ्जिव सिलवालले कार्यप्रगति प्रतिवेदन र अर्थ सचिव जनक सिंखडाले आर्थिक प्रतिवेदन प्रश्तुत गरेका थिए । कार्य प्रगतीको  प्रतिवेदन प्रंश्तुत गर्दै संघका सचिव सिलवालले एक बर्षको अवधीमा संघले आइसिटी तालिम,करार शिक्षकहरुलाई विस्तापित गराउँदा कनिष्टको आधारमा गराउन गाउँपालिकालाई ध्यानाकर्षण,करार शिक्षक नियुक्ती प्रकृयामा शिक्षक  सेवा आयोगको पाठ्यक्रममा भन्दा बाहिर गएर शिक्षक छनौट कार्यविधी  निर्माणको विरुद्धमा संघर्ष  लगायतका कार्यहरु गरेको  बताए ।  

बैठकले इच्छाकामना गाउँपालिकाको गुणस्तरीय शिक्षाका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता गरेका छन् ।गुणस्तरीय शिक्षाको आवश्यकता,नेपाल शिक्षक संघको प्रतिवद्धता भन्ने नारालाई  सार्थक बनाउन नेपाल शिक्षक संघ इच्छाकामनाले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका हुन् । 

नेपाली कांग्रेस महासमिति सदस्य तथा इच्छाकामना गाउँपालिकाकी पूर्वअध्यक्ष गीता कुमारी गुरुङको प्रमुख  अतिथि तथा नेपाल शिक्षक संघ इच्छाकामनाका अध्यक्ष यान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघ चितवनका उपाध्यक्षहरु राधिका चौधरी र  भविश्वर गुरुङ, नेपाली कांग्रेस जिल्ला सदस्य विष्णु कुँवर, इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठ,वडा नम्बर ५ का वडा सभापति राजेन्द्र त्रिपाठी लगायतको आतिथ्यता रहेका थिए ।  

images
प्रकाशित मिति :पौष २९, २०८० आइतवार - ०९:१७:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology