Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीमा ज्ञानेन्द्र शाहीको गर्जन ‘सरकारले राष्ट्रबादी व्यक्तिहरुलाई विभिन्न आरोपमा जेल हाल्ने गर्‍यो’

आँबुखैरेनीमा ज्ञानेन्द्र शाहीको गर्जन ‘सरकारले राष्ट्रबादी व्यक्तिहरुलाई विभिन्न आरोपमा जेल हाल्ने गर्‍यो’

images

इच्छाकामना न्युज

२७, पौष २०८०
आँबुखैरेनीमा ज्ञानेन्द्र शाहीको गर्जन ‘सरकारले राष्ट्रबादी व्यक्तिहरुलाई विभिन्न आरोपमा जेल हाल्ने गर्‍यो’
images


आँबुखैरेनी । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले राष्ट्रबादी व्यक्तिहरुलाई विभिन्न आरोपमा जेल हाल्ने गरेको आरोप लगाएका छन् । बिहिबार आँबुखैरेनीमा राप्रपाले आयोजना गरेको सम्बोन्धन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा यस्तो आरोप लगाएको हो ।

सम्बोन्धनको क्रममा शाहीले सरकारले राष्ट्रवादी व्यक्तिहरुलाई विभिन्न आरोपमा फसाउने षड्यन्त्र भईरहेको बताए । अहिले प्रहरी प्रशासन र अदालतलाई सत्ताले दुरुपयोग गरेको शाहीले आरोप लगाए । प्रहरी प्रशासनले निश्पक्ष रुपमा अनुसन्धान गर्न नसक्ने अवस्था भएको उनको भनाई थियो । 

देशमा कोही पनि बस्न नसक्ने अवस्थामा पुर्‍याईएको भन्दै शाहीले बढ्दो व्यापार घाटा र युवा पलायनले देशमा बस्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए ।

सो कार्यक्रममा राप्रपाकी केन्द्रीय सदस्य गौमाया श्रेष्ठ, जिल्ला अध्यक्ष बिनोद घर्ती लगायतले पनि मन्तव्य राखेका थिए । सो अवसरमा खगेन्द्र देवकोटाको नेतृत्वमा विभिन्न पार्टीबाट ५२ जना राप्रपामा प्रवेश गरेको राप्रपा आँबुखैरेनीले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - ०९:३२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology