Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बाग्मती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको एक वर्ष : कार्यकाल उपलब्धिमूलक रहेको दाबी

बाग्मती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको एक वर्ष : कार्यकाल उपलब्धिमूलक रहेको दाबी

images

इच्छाकामना न्युज

२६, पौष २०८०
बाग्मती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको एक वर्ष : कार्यकाल उपलब्धिमूलक रहेको दाबी
images

काठमाण्डाै । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारको एक वर्ष पुगेको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेका प्रमुख काम सार्वजनिक गर्दै मुख्यमन्त्री जम्मकट्टेलले धेरै सकारात्मक काम भएको दाबी गर्नुभएको छ ।

एकवर्षे कार्यकाल कामका दृष्टिले उपलब्धिमूलक रहेको उहाँको भनाइ छ । यो अवधिमा बाग्मती प्रदेश सरकार तथा कानुनी मन्त्रिपरिषद्का २४ बैठक सञ्चालन भइ एक सय ३८ वटा निर्णय गरिएका साथै प्रदेशसभासमक्ष पेस भएका सातवटा ऐन जारी भएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालय स्थापना गरी सबै जिल्लाबाट सेवा सञ्चालन गर्ने, भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वृत्तिविकासका कार्यमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो ।

एक वर्षको अवधिमा स्वीकृत नीति तथा कार्यक्रमअनुसार सार्वजनिक सेवा प्रवाह, सामाजिक तथा पूर्वाधार विकासलगायत नागरिक सरोकारका हरेक पक्षमा सकारात्मक परिवर्तन ल्याउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

सरकारले १३ क्षेत्रमा गरेका विभिन्न प्रमुख कार्य समेटिएको पुस्तक समेत प्रकाशन गरेको छ । अघिल्लो वर्ष पुस २५ गते जम्मकट्टेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

images
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - ०९:०९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology