Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपाको सदस्यता खुकुलो, शुल्क स्वेच्छिक

रास्वपाको सदस्यता खुकुलो, शुल्क स्वेच्छिक

इच्छाकामना न्युज

२५, पौष २०८०
रास्वपाको सदस्यता खुकुलो, शुल्क स्वेच्छिक
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सदस्यता प्रणालीलाई खुकुलो पारेको छ । यसअघि सदस्यता लिनेहरूबाट एक हजार रुपैयाँ उठाइरहेको रास्वपाले अब स्वेच्छिक शुल्क तिरेर सदस्य लिन पाउने प्रबन्ध गरेको हो ।

images
images

सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बसेको पार्टीको सचिवालय बैठकले यसअघि लिँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर वा बढाएर समेत स्वेच्छिकरुपमा रकम तिरेर सदस्यता बन्न सक्ने व्यवस्था गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।

‘पार्टीको विभिन्न तहका समिति, पदाधिकारी तथा सदस्यहरूबाट प्राप्त प्रतिक्रिया, सुझावहरूलाई छलफल गर्दा, पार्टी सदस्यता शुल्क एक हजार रहेकोमा सदस्यता शुल्क बढी दिन इच्छुकले बढाएर दिन सक्ने र असमर्थ हुनेका हकमा घटाएर दिन सक्ने गरी व्यवस्था गर्न सुझावहरू आए,’ महामन्त्री ढकालले विज्ञप्तिमार्फत् भन्नुभएको छ ।

पार्टीका नेता कार्यकर्ताहरूको सुझावपछि रास्वपाले सदस्यता प्रणालीलाई खुकुलो बनाएको हो । यसले सदस्यता शुल्कका नाममा मोटा रकम लिने बाटो खुलाएको छ भने न्यून शुल्क तिरेरसमेत मानिसहरूले सदस्यता लिन सक्ने भएका छन् । बैठकले पार्टीका विभिन्न तहका पदाधिकारी र सदस्यहरूले पार्टीमा बुझाउनुपर्ने वार्षिक लेबी शुल्क समेत परिमार्जन गरेको छ ।

त्यस्तै, सार्वजनिक प्रशासन सम्बन्धी अध्ययन कार्यदल र ऊर्जा नीति कार्यदलको म्याद तीन महिना थप गरेको महामन्त्री ढकालले बताउनुभयो । बैठकले पार्टीको निर्वाचन आयोगमा थप चार जना सदस्यहरूलाई मनोनयन गरेको छ । आयोगको सचिवका रुपमा भूमिनन्द बराल, सदस्यहरुमा प्रा.डा.अतिन्द्र दाहाल, डा.राम गुरुङ र अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई मनोनीत गरेको छ ।

images
प्रकाशित मिति :पौष २५, २०८० बुधवार - ०८:१०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology