पोखरा । एक बालिकासहित तीन जना युवतीलाई बेश्यावृत्ति गर्न बाध्य गरेको आरोपमा प्रहरीले पोखराको जाल्पारोड स्थित एक होटल सचालाक्सहित तीन जनालाई पक्राउ गरेको छ। एक बालिकासहित तीन जना युवतीलाई बेश्यावृत्ति गर्न बाध्य पारेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पारोडस्थित काभ्रेली खाजाघरका सञ्चालक पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रवीण गुरुङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
अभियुक्त गुरुङले आफ्नो स्वामित्वको काभ्रेली खाजाघर होटलमा काम गर्ने एक बालिकासहित तीन जनाला युवतीलाई बेश्यावृत्ति गर्न बाध्य पारेको प्रहरीले आरोप लगाएको छ। प्रहरीले अभियुक्त गुरुङका साथमा पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा १७ बिरौटा बस्ने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि राम्रो कमाइ हुन्छ भनै पुरपुरुषसँग भेट गराई यौनजन्य गतिविधिमा लगाउने गरेको सूचना आधारमा प्रहरीले होटलमा छापा मारेको डिएसपी बिकले बताए ।
बिहीबार पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मानव वेचविखन तथा ओसारपसार मुद्वामा अनुसन्धान भइरहेको प्रहरीले जनायो ।