कुरिनटार । नेकपा माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक सम्पन्न भएको छ । वागमती प्रदेश कमिटीका सचिवालय सदस्य प्रताप गुरुङको प्रमुख अतिथि तथा गाउँ कमिटी संयोजक सावित्रा सिलवालको अध्यक्षतामा इच्छाकामना ४ कुरिनटारमा विस्तारित बैठक सम्पन्न भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रको विज्ञान तथा प्रविधि विभागका केन्द्रिय सदस्य श्रीरेन्द्रप्रकाश पोखरेल,वडा नम्बर ३ का पूर्व वडाध्य तथा पार्टीको वागमती प्रदेशको सल्लाहकार समितिका सदस्य गोवद्र्धन अधिकारी , वडा नम्बर १ का वडाध्यक्ष सन्त बहादुर राना लगायत अतिथि रहनुभएको थियो ।
बैठकमा सात वटै वडाका अध्यक्ष तथा प्रतिनिधिहरुले वडाको अवस्था बारे रिर्पोटिङ गरेका थिए । बैठकमा सात वटै वडाको अधिवेशन लगायतका विषयमा छलफल भएका थिए ।
बैठककमा गाउँ कमिटीका सदस्यहरु,पार्टीका वडाध्यक्षहरु भातृसंगठनका अध्यक्ष लगायतको उपस्थिति रहेका थिए । कार्यक्रम हरि बहादुर थापाले सञ्चालन गर्नुभएको थियो ।