Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको संकल्प यात्रा आज पाँचथर पुग्दै

एमालेको संकल्प यात्रा आज पाँचथर पुग्दै

इच्छाकामना न्युज

३०, मंसिर २०८०
एमालेको संकल्प यात्रा आज पाँचथर पुग्दै
images

काठमाडौं । नेकपा (एमाले)को पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को अन्तिम जिल्ला पाँचथर पुग्दैछ ।

images
images

एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अब दुईदिनमा मध्यपहाडी राजमार्गको यात्रा टुंगिदैछ ।

शुक्रबार गएराती यात्रा टोली अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराईमा बास बसेको छ । आज बिहान यहाँबाट ७६ किलोमिटर दुरी पार गरेर पाँचथरतर्फ यात्रा टोली अघि बढ्ने गौतमले जानकारी दिए ।

आज पाँचथरमा आमसभाको आयोजना गरिएको छ । एमालेले यात्राका क्रममा मध्यपहाडका विविध समस्या पहिचान गरी लाखौं जनतासँग साक्षात्कार गरेको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

images
प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - ०९:०२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology