Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बेहुलाको गाडीले जन्तीलाई ठक्कर दियो, एकको मृत्यु हुँदा ४ जना घाइते

बेहुलाको गाडीले जन्तीलाई ठक्कर दियो, एकको मृत्यु हुँदा ४ जना घाइते

images

इच्छाकामना न्युज

२८, मंसिर २०८०
बेहुलाको गाडीले जन्तीलाई ठक्कर दियो, एकको मृत्यु हुँदा ४ जना घाइते
images

प्युठान । प्युठानमा बेहुला चढेको गाडीले ठक्कर दिँदा एक जना जन्तीको मृत्यु भएको छ। प्युठानको ऐरावती गाउँपालिका-२ बढौलामा लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्तीको मृत्यु भएको हो।

अघिअघि जन्ती पछिपछि बेहुला बोकेको गाडी हिँडिरहेको बेला गाडीको टायर पन्चर भई अगाडि हुत्तिएर दुर्घटना भएको प्युठान प्रहरीले बताएको छ।

दुर्घटनामा मल्लरानी गाउँपालिका-३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उनले इन्स्पेक्टर खनालले जानकारी दिए।

दुर्घटनामा थप तीन जना घाइते भएका छन्। मल्लरानी गाउँपालिका-३ का कृष्ण परियार, ऐरावती गाउँपालिका-२ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका-५ कि पिपला सुनार घाइते रहेको इन्स्पेक्टर खनालले जानकारी दिए।

उनीहरूको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

images
प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - २१:१८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology