Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउदै, भरतपुरमा हुने सभालाई सम्बोन्धन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउदै, भरतपुरमा हुने सभालाई सम्बोन्धन गर्ने

images

इच्छाकामना न्युज

१७, माघ २०७७
प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउदै, भरतपुरमा हुने सभालाई सम्बोन्धन गर्ने
images

चितवन, १७ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज  चितवन आउने भएका छन्। आफ्नो पक्षको नेकपा चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रम ओलीले सम्बोधन गर्न चितवन आउने भएका हुन्।

प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः३० बजे भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा चितवनका कार्यालय संयोजक पार्वती रावलले जानकारी दिनुभयो । रावलका अनुसार जनसभामा जिल्लाका गाउँगाउँबाट आम जनसमुदायको ठूलो संख्यामा उपस्थिति रहने छ । जिल्लाका प्रत्येक वडाबाट जनसभामा आउनका लागि तयारी भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गाउँगाउँ र टोलटोलबाट स्वतःस्फूर्त रुपमा जनसमुदायहरु सभामा आउने हामीलाई जानकारी आएको छ ।”

सभास्थलमा आउने जनसमुदायलाई तीन ठाउँमा जम्मा भएर ¥यालीसहित आउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पूर्वबाट आउने जनसमुदायलाई भरतपुरको वसन्तचोक, पश्चिमबाट आउने जनसमुदायलाई चौबीसकोठी र उत्तरबाट आउने जनसमुदायलाई मालपोतचोकमा जम्मा भई ¥यालीसहित आउने व्यवस्था गरिएको छ ।

¥याली र सभालाई व्यवस्थित गर्न ठूलो संख्यामा स्वयंसेवक परिचालन गरिएको नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

जनसभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई सम्बोधन गर्नु अघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ र भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - १०:०७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology