Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

श्रीमान्–श्रीमतीबीच राति मुक्कामुक्की, बिहान उठ्दा छोरासहित बाबुआमा मृत भेटिए

श्रीमान्–श्रीमतीबीच राति मुक्कामुक्की, बिहान उठ्दा छोरासहित बाबुआमा मृत भेटिए

रासस

७, मंसिर २०८०
श्रीमान्–श्रीमतीबीच राति मुक्कामुक्की, बिहान उठ्दा छोरासहित बाबुआमा मृत भेटिए
images

धनकुटा । धनकुटामा बालकसहित एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

images
images

धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् ।

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् । घरमा विवाद भएपछि श्रीमान् टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमान्–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो ।

images
प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - १०:१७:५२ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology