चौतारा । नेपाली कांग्रेस सम्बद्ध विपद् व्यवस्थापन समन्वय विभागले विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेका छन् । राष्ट्रिय विद्यालय इच्छाकामना ३ आलडाडाँ चौताराका ७० जना विद्यार्थीहरुलाई न्यानो ट्रयाक सुट,कलम, कापी ज्यामिती बक्स लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको कांग्रेस चितवन विपद् व्यवस्थापन समन्यवय विभागका संयोजक सावित्री पुडासैनीले बताउनुभयो । पार्टीमा आवद्ध विभिन्न सामाजसेवीहरुको आर्थिक साहयतामा उक्त कपडा र शैक्षिक सामाग्रीहरु वितरण गरेका हुन् ।

यसैबिच विपद् व्यवस्थापन समन्वय विभागले उक्त विद्याल परिसरमा निशुल्क दन्त रोग सम्बन्धी शिविर पनि सम्पन्न भएको छ । एपोलो डेण्टल क्लिनिक प्रालि चौविस कोठी भरतपुरका दन्त चिकित्सक डा. बासुराज पाण्डेको प्राविधिक सहयोगमा दन्त शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा ५५ जनाले स्वास्थ्य सेवा लिएको छ । दन्त चिकित्सक डा. बासुराज पाण्डे नेतृत्वको चिकित्सक टोलीले दाँतको जाँच तथा उपचार गर्नुभएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ जिल्ला सभापति राजेश्वर खनालको महासमिति सदस्य गीता गुरुङ, इच्छाकामनाका सभापति कृति कुमार श्रेष्ठ लगायतको उपस्थितिमा स्वास्थ्य शिविर तथा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।