Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

रिभरफनबीचमा प्रेस सेन्टर आवद्ध गोर्खाली पत्रकारहरु बिच भेटघाट तथा अन्तरक्रिया

रिभरफनबीचमा प्रेस सेन्टर आवद्ध गोर्खाली पत्रकारहरु बिच भेटघाट तथा अन्तरक्रिया

इच्छाकामना न्युज

३, मंसिर २०८०
रिभरफनबीचमा प्रेस सेन्टर आवद्ध गोर्खाली पत्रकारहरु बिच भेटघाट तथा अन्तरक्रिया
images

गोरखा । प्रेस सेन्टर गोरखाले आज भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गोरखामा घर भई गोरखा तथा विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्दै आएका प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुबिच गोरखाको गण्डकी गाउँपालिका १ रिभरफनबीच रिर्सोटमा  भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

images
images

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य  दीपक कोइरालाको प्रमु्ख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुमन देवकोटा,जिल्ला अध्यक्ष तथा गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘सकार’ गोरखा नगरपालिका प्रमुख कृष्ण राना, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष निर्मल ज्ञवालीको विशेष अतिथि तथा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा फ्याक्सन इन्चार्ज अंकुर तिमिल्सिना ‘आयाम’,प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिव तथा गण्डकी प्रदेश इन्चार्ज दीपक श्रेष्ठ ‘जलन’,प्रेस सेन्टरका काठमाडौँ उपत्याका प्रदेश कमिटीका उपाध्यक्ष सागर पन्त, केन्द्रिय लेखा समितिका सचिव अमृतराज उपाध्याय, प्रदेश सचिव गुणराज रोका,केन्द्रिय सदस्य अर्जुन पन्त,केन्द्रिय सदस्य संगिता चेपाङ, प्रदेश सदस्य लिलाधर कोइराला  र जिल्ला इन्चार्ज राजेन्द्र न्यौपाने  लगायतको  आतिथ्यता रहेका थिए ।

कार्यक्रम प्रेस सेन्टर गोरखाका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। जिल्ला सचिव धन बहादुर तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । 

images
प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - ०६:५९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology