बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका– ६ स्थित घुसुकपुरमा एक महिलाको शव फेला परेको छ ।
घुसुकपुरको खेतमा परिचय नखुलेको अन्दाजी २५ वर्षीया महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो । कुर्ता सुरुवालमा रहेकी मृतक महिलाको शरीरमा घाउ चोट देखिएकोले हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।