Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तमू विद्यार्थी छोंज धींको २१ औं राष्ट्रिय पार्षद भेला कार्तिक १८ र १९ मा धादिङमा हुने, तयारी पूरा

तमू विद्यार्थी छोंज धींको २१ औं राष्ट्रिय पार्षद भेला कार्तिक १८ र १९ मा धादिङमा हुने, तयारी पूरा

images

इच्छाकामना न्युज

१६, कार्तिक २०८०
तमू विद्यार्थी छोंज धींको २१ औं राष्ट्रिय पार्षद भेला कार्तिक १८ र १९ मा धादिङमा हुने, तयारी पूरा
images

धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङबेसीमा हुने भएको छ । यहि कात्तिक १८ र १९ गते सदरमुकाम धादिङबेसीमा हुन लागेको हो । आज धादिङबेसीमा एक पत्रकार सम्मेलनको आयोजना गरि भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक तमू  (गुरुङ)  विद्यार्थी छोज धींले जानकारी दिएको छ ।

396718228_2714432718704550_6300377306208518020_n.jpg

धादिङमा गुरुङहरुको उल्लेख्य बसोबास रहेकोले पार्षद भेला धादिङबेसीमा आयोजना गरिएको नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं का केन्द्रीय समितिका अध्यक्ष विश्वराज गुरुङले बताए । पहिचानको आन्दोलनलाई निरन्तरता दिन र भाषा धर्म तथा परम्परालाई बुलंद बनाई सम्पूर्ण गुरुङहरुलाई एकताको सुत्रमा बाध्न पार्षद भेलाले सहयोग गर्ने अपेक्षा लिएको उनले बताए ।

भेला उद्घाटन अघि ‘तमु भेषभुषा तथा संस्कृति हाम्रो पहिचान, उत्पादन तथा रोजगारमुलक शिक्षा पद्धति हाम्रो अभियान’ भन्ने मुल नारा सहित धादिङबेसीको बजारमा तमु भेषभुषा तथा झाँकी सहितको ¥याली हुनेछ । पार्षद भेलामा देशभरबाट प्रतिनिधी सहभागी हुनेछन् ।

396701227_2714432698704552_8342831318775758713_n.jpg

भेलाले संस्थाको विधान संसोधन गर्ने तयारी गरेको छ । तमु विद्यार्थी अक्षय कोष शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । भेलाको तमु ह्युला छोंज धी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्ण बहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।

 

images
प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - २३:४९:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology