Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मकैसिङमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँड्ने दुई जना पक्राउ

मकैसिङमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँड्ने दुई जना पक्राउ

images

इच्छाकामना न्युज

१, कार्तिक २०८०
मकैसिङमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँड्ने दुई जना पक्राउ
images

मकैसिङ । मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँड्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटस्थापनाका दिन बेलुका आठबजेको समयमा गण्डकी गाउँपालिका १ मकैसिङ क्षेत्रमा मादक पदार्थ सेवन गरी सर्वसाधारण व्यक्तिहरुलाई धम्क्याउने, सवारी साधन तथा घरका झ्याल ढोकामा ढुंगामुढा गर्दै हिँडेका स्थानीय २२ बर्षीय बिशाल परियार र १८ बर्षीय मनोज परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाटै पक्राउ परेका परियारद्वयलाई सोमबार सामुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । प्रहरीचौकी ताङ्लीचोकबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेर जिप्रका पठाएका उनीहरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई थप अनुसन्धान भइरहेको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - ०८:००:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology