Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यौन दुर्व्यवहार आरोपमा ९ शान्ति सैनिक फिर्ता हुँदै

यौन दुर्व्यवहार आरोपमा ९ शान्ति सैनिक फिर्ता हुँदै

इच्छाकामना न्युज

२८, आश्विन २०८०
यौन दुर्व्यवहार आरोपमा ९ शान्ति सैनिक फिर्ता हुँदै
images

संयुक्त राष्ट्रसङ्घले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रिकी दलका नौ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ।

images
images

शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’ लाई ध्यानमा राख्दै तत्काल स्वदेश फिर्ता गर्ने निर्णय गरेको राष्ट्रसङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ती वरिष्ठ अधिकारीले आफूमाथि लागेको आरोपको अनुसन्धानमा अवरोध गरेका र अन्य शान्ति सैनिकलाई धम्की दिएको बताइएको छ। अन्य दुई वरिष्ठ अधिकृतलाई पनि बदल्ने राष्ट्रसङ्घले जनाएको छ।

पूर्वी कङ्गोमा शान्ति स्थापनार्थ १२ हजारभन्दा बढी शान्ति सेना तैनाथ गरिएको छ। यस क्षेत्रमा एक सयभन्दा बढी सशस्त्र समूह सक्रिय रहेको राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रसङ्घको आफ्नो प्रारम्भिक मूल्याङ्कनमा कर्फ्युको समय सकिएपछि नौ शान्ति सैनिक वेश्यावृत्ति हुने निषेधित बारहरूमा गएका थिए। उनीहरूमाथि शान्ति मिसनका कर्मचारी र उनीहरूलाई पक्राउ गर्न खोज्ने सैनिकहरूमाथि समेत आक्रमण गर्न खोजेको आरोप लगाइएको छ।

दक्षिण अफ्रीकी अधिकारीहरूले आफ्नो राष्ट्रिय अनुसन्धानकर्मीको परिचालनमार्फत पूर्ण सहयोग हुने सङ्केत गरेको राष्ट्रसङ्घले जनाएको छ। अधिकारीहरूले पीडितलाई सहयोग गरिने तथा शान्ति स्थापना मिसन कार्यमा राष्ट्रसङ्घको मानकलाई कायम राखिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कङ्गोदेखि हैटीसम्मा परिचालन गरिएका राष्ट्रसङ्घका शान्ति सैनिकबाट हुने यौन दुर्व्यवहारका यस्ता आरोप विश्वका विभिन्न भागमा नयाँ होइन। थुप्रै घटनामा पीडितहरू बालबालिका हुने गरेका छन्।

दुर्व्यवहारको घटना विशेषगरी कङ्गोमा धेरै भएको छ। सन् २०१७ मा राष्ट्रसङ्घका विरुद्ध विश्वभर गरिएको दुई हजार यौन दुर्व्यवहारका घटनामा कङ्गोमा मात्र एक तिहाइ भएको थियो।

राष्ट्रसङ्घमाथि यस्ता आरोपहरूको सम्बोधनका लागि पर्याप्त काम नगरेको आरोप समेत लाग्दै आएको छ। गत वर्ष महासचिव एन्टोनियो गुटेर्रेसले यस्ताखालका दुर्व्यवहारलाई उचित सम्बोधन गर्ने नसकिए पनि निरन्तर प्रयास गरेको बताएका थिए।

images
प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - १७:३८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology