Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

शिक्षकहरुकाे समस्या समाधानका लागि माओवादी दृढ छ : पूर्व शिक्षामन्त्री देवेन्द्र पाैडेल

शिक्षकहरुकाे समस्या समाधानका लागि माओवादी दृढ छ : पूर्व शिक्षामन्त्री देवेन्द्र पाैडेल

images

इच्छाकामना न्युज

२७, आश्विन २०८०
शिक्षकहरुकाे समस्या समाधानका लागि माओवादी दृढ छ : पूर्व शिक्षामन्त्री देवेन्द्र पाैडेल
images

आँबुखैरेनी । नेकपा कम्युनिष्ट पार्टी मा‌ओवादी केन्द्रका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पाैडेलले शिक्षकहरुले उठाएका माग पूरा गर्न मा‌ओवादीले सँशाेधन प्रस्ताव पेश गरेकाे बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आँवुखैरेनी गाउँपालिकाकाे आयाेजनामा आज आँवुखैरेनीमा भएकाे दशैँ, तिहार र छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रममा उनले साे कुरा बताएका हुन् । आफू शिक्षा मन्त्री बन्दा शिक्षा विद्ययक बनाएर क्याविनेटबाट पास गरे पनि सँसदकाे कार्यकाल सकिएकाले विद्ययक पारीत हुन नसकेकाे बताए । अहिले आएकाे विद्ययक कसले लेख्याे भन्ने सम्मकाे मन्त्रीलाइ समेत जानकारी नरहेकाे आफूहरुले थाहा पाएकाे उनले बताए ।

शिक्षकहरुले अधिकार मागेका हाेइनन् अरु कर्मचारी सरह समान बनाउ भनेका हुन्, राज्यले पूरा गर्न नसक्ने अवस्थामा छैन, उनले भने । नेता पाैडेलले आफ्नाे कार्यकालमा कार्यालय सहयाेगी र बालकक्षा शिक्षककाे पारीश्रमिक केही बढाए पनि अरु कर्मचारी सरह बनाउन नीति नियम देखाएर बखेडा गर्ने काम भएकाे उनले बताए ।

लेखापाल, कार्यालय सहयाेगी र बालकक्षा शिक्षकलाइ कम्तीमा पनि आधारभूत तहकाे तलव स्केल दिनुपर्ने आफ्नाे धारणा रहेकाे उनकाे भनाइ छ ।

माओवादी पार्टी अरुका अधिकारका लागि लड्ने पार्टी भएकाले सँधै शिक्षकहरुकाे हितमा काम गर्ने उनले बताए । शिक्षा क्षेत्रले बेराेजगार जनशक्ति उत्पादन गर्याे भन्नेहरुले उद्याेग, कलकारखाना, अन्य क्षेत्रमा पूर्ण राेजगार जनशक्ति उत्पादन गरेर देखाउन सक्नुपर्ने बताए । शिक्षा क्षेत्रलाइ अनावश्यक गाली गरेर अन्य क्षेत्र पानी माथी ओभाने भइहेकाे उनकाे भनाइ छ ।

कार्यक्रममा प्रदेश साँसद हरी बहादुर चुमान,  माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रदेश सदस्य सुर्य कुमार गाैली, आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, एकीकृत अखिल नेपाल शिक्षक सँगठनका केन्द्रिय अध्यक्ष शँकर अधिकारी, केन्द्रिय सदस्य विन्दु कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक सँगठन आँवुखैरेनी गाउँपालिका अध्यक्ष सुरेन्द्र बाेगटीकाे अध्यक्षता र सचिव सुर्यमानसिँह गुरुङकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । कार्यक्रकममा १२५ जना भन्दा धेरै शिक्षकहरुकाे सहभागिता रहेकाे थियाे ।

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - २२:५२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology