Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाका १७ जनामा डेंगु संक्रमण, चितनवमा एकैदिनमा १०० जना थपिए

इच्छाकामनाका १७ जनामा डेंगु संक्रमण, चितनवमा एकैदिनमा १०० जना थपिए

इच्छाकामना न्युज

२३, आश्विन २०८०
इच्छाकामनाका १७ जनामा डेंगु संक्रमण, चितनवमा एकैदिनमा १०० जना थपिए
images

चितवन । चितवनमा एकै दिनमा डेँगु संक्रमित झण्डै १०० जनाले बढेका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको सूचना अनुसार चितवनमा साउनदेखि असोज २२ गतेसम्म ६५१ जना संक्रमित रहेकोमा आज एकैदिनमा बढेर ७५० जना पुगेको हो ।

images
images

चितवनमा साउन यता गरिएको आठ हजार ६७८ जनाको परीक्षणमा ७५० जना संक्रमित भएका छन् । संक्रमित मध्ये भरतपुर महानगरपालिकामा २३४ जना, खैरहनीमा ७४ जना, माडीमा १० जना, रत्ननगरमा ८९ जना, राप्तीमा ४१ जना, कालिकामा ९ जना र इच्छाकामनामा १७ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार चितवनमा गरिएको परीक्षणमा ठेगाना नखुलेको ११२ जना र अन्य जिल्लाका १६० जना संक्रमित भएका छन् ।

covid-1.jpg

images
प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - १९:०८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology