Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको प्रधानमन्त्री ओलीको दाबी 

जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको प्रधानमन्त्री ओलीको दाबी 

images

इच्छाकामना न्युज

१५, माघ २०७७
जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको प्रधानमन्त्री ओलीको दाबी 
images

काठमाण्डौ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको दाबी गर्नुभएको छ । आज नेपाल ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता जंगलमा राखे पनि प्रचण्ड दिल्ली बसेको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले प्रचण्डलाई ०७४ सालको चुनावमा चितवनमा आफूहरूले जिताएको पनि दाबी गर्नुभएको छ । उहाँले प्रचण्डले पार्टी छाडिसकेपछि सूर्य चिन्ह दाबी गरेको पनि बताउनुभयो । उहाँले केही सञ्चार माध्यमले सरकारका राम्रा काम नदेखेको पनि बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफूविरूद्ध मुद्दाहरू दर्ता भइरहेकोले कानुन पढेकाहरूले काम पाइरहेको बताउनुभयो । विगतमा आफ्नो सरकार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको पनि ओलीले बताउनुभयो । 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १९:१४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology