काठमाण्डौ, १५ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाइएको हो ।
अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको उहाँले बताउनुभयो । छलफल भोलि विहान साँढे ११ बजेको बोलाईएको छ । नेकपाका दुबै समूहबाट छलफलमा पाँच/पाँच जना पठाउन आयोगले भनेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी दुई वटा समूह क्रियाशील छ।
यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन ।