Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन मेडिकल कलेज (सिएमसी) ले लापरबाही गरेको आरोप

चितवन मेडिकल कलेज (सिएमसी) ले लापरबाही गरेको आरोप

images

इच्छाकामना न्युज

१४, आश्विन २०८०
चितवन मेडिकल कलेज (सिएमसी) ले लापरबाही गरेको आरोप
images

भरतपुर । भरतपुर १० स्थित चितवन मेडिकल कलेज (सिएमसी) मा बिरामीको जिन्दगीमाथि लापरबाही गरेको आरोप लागेको छ । चितवन मेडिकल कलेजले, बिरामीलाई राम्रो स्वास्थ्य सेवा दिँदै आएको भए पनि बिरामीको सुरक्षा र सुविधा दिन सकेको छैन ।

गैँडाकोट २ बसोबास गर्दै आएकी बिना मगरले आफ्नो श्रीमान् खिम बहादुर मगरलाई आइतबार बिहान करिब ८ बजे ज्वाेराे आएको कारण चितवन मेडिकल कलेजको आकस्मिक वार्डमा लगेकी थिन् ।  अपतालमा सो समयमा कार्यरत कर्मचारीद्वारा खिम बहादुर मगरलाई सेलेन पानी चढाएको र आधी घण्टा सम्म सेलेन पानी मात्रै चढाएका बिना मगरले बताउनुभयो ।

उपचार अघि बढाउन माग गर्दा बिल नभई उपचार अघि नबढ्ने भन्दै मगरलाई आकस्मिक काउन्टरतिर पढाइएको र काउन्टरतिर जाँदा काउन्टर कर्मचारी आक्रोशित भई ८ नं कोठामा जानुस् भन्दै उहाँलाई पठाएको मगरले बताउनुभयो । सो सन्दर्भमा सूचना केन्द्र ८ नं कोठामा जाँदा उपस्थित कर्मचारी विनीता घिमिरेले सम्बन्धित कर्मचारी आकस्मिक वार्डमा पनि हुनहुन्छ भनी मगरलाई फेरी आकस्मिक वार्डतिर पठाएको मगरले बताउनुभयो ।

मगरका अनुसार चितवन मेडिकल कलेजले बिरामीको जिन्दगीभन्दा माथि पैसा राखेको र लापरबाही गरेको आशङ्का गर्नुभयो । “हामी पैसा तिर्छौ तर उपचार त सुरु गर्नुस् बिरामीको जिन्दगी सँग त नखेल्नुस्” उहाँले आँखा भरी आँसु लिँदै आक्रोश साथ बताउनुभयो

 “अस्पतालको व्यवस्थापन अनुसार चल्नुपर्छ हामीले आफैँ केही गर्न मिल्दैन” सम्बन्धित विषयमा सोधपुछ गर्दा कर्मचारी विनीता घिमिरेले बताउनुभयो । उहाँले बताउनुभयो,” अवलोकनमा (अबर्जबेशन) राख्दा चाहे त्यो ५ मिनेट होस या ३० मिनेट  थप रु १००० तिर्नु पर्छ”।

images
प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - २०:३७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology