Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तमू प्ये ल्हु संघ महिला समिति चितवनको अध्यक्षमा शान्ति गुरुङ चयन

तमू प्ये ल्हु संघ महिला समिति चितवनको अध्यक्षमा शान्ति गुरुङ चयन

images

इच्छाकामना न्युज

१०, आश्विन २०८०
तमू प्ये ल्हु संघ महिला समिति चितवनको अध्यक्षमा शान्ति गुरुङ चयन
images

चितवन । गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणका निम्ति स्थापित संस्था तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनको महिला समितिको अध्यक्षमा शान्ति गुरुङ चयन भएको छ ।

आज भरतपुर ९ स्थित नौरङ्गेमा सम्पन्न संस्थाको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले शान्ति गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको अन्य पदाधिकारी अन्तर्गत दुई उपाध्यक्षमा पूर्णीमाया गुरुङ र शुकुमाया गुरुङ, सचिवमा ज्ञानु गुरुङ, कोषाध्यक्षमा प्रेमकुमारी गुरुङ, सह–सचिवमा एकमाया गुरुङका साथै सह–कोषाध्यक्षमा बन्दना गुरुङलाई चयन गरेको छ ।

यस्तै समितिको सदस्यहरुमा अनिता गुरुङ, सुष्मा गुरुङ, सुनिता गुरुङ, नानीमाया गुरुङ, सन्तमाया गुरुङ र कल्पना गुरुङ रहेका छन् ।

382366922_6632467410208128_4211434992193269071_n.jpg

संस्थाको निवर्तमान अध्यक्ष इन्द्रा गुरुङको सभापतित्वमा सम्पन्न अधिवेशनको समुद्घाटन समारोहमा प्रमुख अतिथि तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरुङ रहेका थिए भने विशिष्ट अतिथिमा संघका सल्लाहकार संयोजक जगत बहादुर गुरुङ र पूर्व वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङ रहेका थिए ।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - २१:१४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology