Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बारामा गोली हानेर साथीको हत्या

बारामा गोली हानेर साथीको हत्या

इच्छाकामना न्युज

१०, आश्विन २०८०
बारामा गोली हानेर साथीको हत्या
images

बारा । बाराको पचरौता नगरपालिका ६ लक्ष्मिनियामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ । लक्ष्मिनियामा रहेको पोखरी नजिक भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।

images
images

नेपाल भारत सीमाभन्दा करिब सात सय मिटर भित्र मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक सिंह अन्य तीन जना साथीहरुसँग मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका थिए ।

मोटरसाइकलमा आइरहेका बेला साथीले नै पछाडिबाट गोली प्रहार गरेका थिए । घटना लगतै चारैजना युवक मोटरसाइकलमै चढेर फरार भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले बताए । उनका अनुसार घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद भएको छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - ०९:०१:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology