Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा गैंडालाई खाल्डोमा पारेर मार्ने चार जना २५ वर्षपछि पक्राउ

चितवनमा गैंडालाई खाल्डोमा पारेर मार्ने चार जना २५ वर्षपछि पक्राउ

इच्छाकामना न्युज

८, आश्विन २०८०
चितवनमा गैंडालाई खाल्डोमा पारेर मार्ने चार जना २५ वर्षपछि पक्राउ
images

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैंडा मारेको अभियोगमा चार जनालई प्रकाउ गरिएको छ । निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गैंडा मारेको अभियोगमा २५ वर्षपछि ४ जनालाई प्रकाउ गरिएको हो ।

images
images

प्रकाउ पर्नेमा २५ वर्षदेखि फरार रहेका काले बानियाँ भनिने गोगनबहादुर बानियाँ क्षेत्री, विष्णु कार्की, यामबहादुर बानियाँ र हरि कार्की रहेको तिवारीले जानकारी दिएका छन् ।

चितवन निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा शनिबार काले बानियाँ क्षेत्री, विष्णु कार्की , आइतबार सानोपोखराबाट यामबहादुर बानियाँ र जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा पाँचखालबाट शनिबार नै हरि कार्कीलाई प्रकाउ गरिएको तिवारीले जानकारी दिए । उनका अनुसार हाल उनीहरुलाई जिल्ला कारागार कार्यालय भरतपुर पढाइएको छ ।

निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वमा रहेको पन्ना खोला नजिक गैंडा खाल्डोमा पारेर खाग काटी लगेका अवस्थामा २०५५ साल कात्तिक २८ गते निकुञ्जका कर्मचारीले गस्तीको क्रममा मृत गैंडा फेला पारेका थिए।

images
प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १३:३७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology