धनगढी । कैलालीमा यौन धन्दामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका सञ्चालकसहित एक महिला पक्राउ परेका हुन् ।
बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।