Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिनको होटलमा राखी १३ वर्षे बालिका बलात्कार गर्ने तनहुँ म्याग्देका कृष्ण मगरलाई १८ वर्ष कैद

मुग्लिनको होटलमा राखी १३ वर्षे बालिका बलात्कार गर्ने तनहुँ म्याग्देका कृष्ण मगरलाई १८ वर्ष कैद

इच्छाकामना न्युज

२, आश्विन २०८०
मुग्लिनको होटलमा राखी १३ वर्षे बालिका बलात्कार गर्ने तनहुँ म्याग्देका कृष्ण मगरलाई १८ वर्ष कैद
images

भरतपुर । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको भदौ ३१ गतेको इजलासले आरोपित तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–६ बस्ने राकेश भन्ने कृष्ण मगरलाई १८ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

images
images

कैदसँगै ६ लाख जरिवाना र ५० हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसलासमेत भएको अदालतले जनाएको छ ।

०७७ चैत २४ गते इच्छाकामना गाउँपालिका–५, मुग्लिनस्थित होटलमा जन्मदिन मनाउने भनी राखी बलात्कार गरेको आरोपमा पीडित परिवारले ०७७ चैत २९ गते इलाका प्रहरी कार्यालय मुग्लिनमा उजुरी दिएका थिए । बालिकाको चैत २९ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।

२२औँ पेशीमा २ वर्षपछि यो मुद्दा फैसला भएको हो । ०७८ साउन २८ गते तत्कालीन जिल्ला न्यायाधीश हेमन्त रावलको इजलास आदेशले आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - २२:४५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology