Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दाशढुङ्गा आमा समुहको तीज गीत प्रतियोगितामा सगरमाथा आमा समुह प्रथम

दाशढुङ्गा आमा समुहको तीज गीत प्रतियोगितामा सगरमाथा आमा समुह प्रथम

इच्छाकामना न्युज

२, आश्विन २०८०
दाशढुङ्गा आमा समुहको तीज गीत प्रतियोगितामा सगरमाथा आमा समुह प्रथम
images

भरतपुर । दाशाढुङ्गा आमा समुहले आयोजना गरेको खुला प्रतिस्पर्धात्मक तिज गीत कार्यक्रम २०८० मा सगरमाथा आमा समुह प्रथम भएको छ । भरतपुर  महानगरपालिका वर्ड नम्बर २९ का अध्यक्ष सुर्य बाहादुर गुरुङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा द्वितीय र तृतीय हुनेमा क्रमश:लालिगुरास आमा समुह र खहरे आमा समुह रहेकाछन् । तिन सदस्य निर्णायक मण्डलले प्रतिस्पर्धीहरुको मुल्यांकन गरेको थियो ।

images
images

प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमश: नगद रु १५ हजार, १० हजार, ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । बिजयी टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर  महानगरपालिका वर्ड नम्बर २९ का अध्यक्ष सुर्य बाहादुर गुरुङ, दाशाढुङ्गा आमा समुहकि अध्यक्ष फुलमति गुरुङ , दाशाढुङ्गा आमा समुहकि सचिब  लिला माया केवाली मगर, समाजसेवी सानू बहादुर जर्गा मगर, भरत गुरुङ र अशोक अधिकारीले प्रमाणपत्र सहिद पुरस्कार प्रदान गर्नुभएको थियो ।

भरतपुर २९ को दाशाढुङ्गा आमा समुह आयोजक रहेको उक्त प्रतियोगीतामा ३ टिमले सहभागिता जनाएका थिए । दाशाढुङ्गा आमा समुहकि अध्यक्ष फुलमति गुरुङले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो  ।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०९:२०:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology