Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वडा सदस्य कुटेको आरोपमा चितवन राप्तीका मेयर सल्लाहाकार पक्राउ

वडा सदस्य कुटेको आरोपमा चितवन राप्तीका मेयर सल्लाहाकार पक्राउ

इच्छाकामना न्युज

२७, भाद्र २०८०
वडा सदस्य कुटेको आरोपमा चितवन राप्तीका मेयर सल्लाहाकार पक्राउ
images

चितवन । राप्ती नगरपालिकाका वडा नम्बर १० का वडा सदस्य मानकुमार चेपाङलाई कुटपिट तथा अभद्र गरेको आरोपमा राम सेढाई पक्राउ परेका छन् । राप्ती नगरपालिका वडा नम्बर ६ निवासी राम सेढाईले सोमबार अपरान्ह राप्ती ५ स्थित भण्डारा अस्पताल रोडमा कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै वडा सदस्य चेपाङले जाहेरी दिएपछि सेढाई पक्राउ परेका हुन् ।

images
images

पक्राउ परेका सेढाई राप्ती नगरपालिकाका नगर प्रमुखका सल्लाहकार तथा नेकपा एकीकृत समाजवादी राप्तीका नेता समेत हुन् । मंगलबार पक्राउ परेका सेढाईलाई अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान भइरहेकोले प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय चितवनबाट १० दिनको म्याद लिइएको प्रहरीले जनाएको छ । लेनदेनको विषयलाई लिएर आफुमाथी कुटपिट तथा अभद्र व्यवहार भएको पिडित वडा सदस्य चेपाङले बताए ।

यता पक्राउ परेका सेढाईले घटना घटेको बेलुका सामाजिक संजालमा जनप्रतिनिधिले विकास निर्माणको काम गर्दा रकम मागेको आरोप लगाएका छन् । वडा सदस्य चेपाङले ६० हजार मागेकोमा २० हजार दिदा विवाद भएको र सोही क्रममा धकला धकेल भएको भन्दै सेढाईले सामाजिक संजालमा लेखेका थिए । कुटपिट तथा अभद्र व्यवहार भएको भन्दै नेपाली काङ्ग्रेस राप्ती नगर समिती र राप्ती नगरपालिकाको उप प्रमुख देवेन्द्र लामाको सचिवालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - २२:३४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology