भरतपुर । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम वार्षिकोत्सव मनाईएको छ । शुक्रबार विविद्य कार्यक्रम गरि एशोसिएसनले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा भरतपुर स्थित चितवन मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई बिहानको एक छाक भोजन खुवाएका थिए भने स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरिएको थियो । साथै सोहि आश्रमको परिसरमा १८ वटा जडिबुटीको बेर्ना वृक्षारोपण गरेको थियो ।

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल चितवनका कार्यबाहक अध्यक्ष डा. यान्थस बुढाथोकीको सभापतित्वमा आयोजनामा भएको कार्यक्रममा संस्थाका संस्थापक उपाध्यक्ष बालगोपाल श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहेका थिए भने विशिष्ट अतिथिको रुपमा संस्थापक सचीव नारायण खतिवडा तथा पुष्पा हर्बल व्युटि पार्लरका संचालिका पुष्पा दाहाल रहेका थिए ।
कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका संस्थापक उपाध्यक्ष बालगोपाल श्रेष्ठले यो कार्यक्रम मात्र नभएर एउटा सामजिक अभियानको सुरुवात भएको र आगामी दिनमा मानव सेवा आश्रमहरुमा संस्थाले देशव्यापी स्वास्थ्य शिबिर तथा सहयोग हस्तान्तरण जस्ता कार्यहरुलाई निरन्तर दिदै जाने बताए । साथै उनले हरेक छोराछोरिहरुले आफुपनि वृद्ध हुनुपर्छ भन्नि बुझ्ने हो भने वृद्धआश्रममा कोहि पनि आमा बुवा बस्नु पर्ने बाध्य नहुने बताए ।

त्यस्तै कार्यक्रममा संस्थाका बागमती प्रदेश उपाध्यक्ष बिक्रम पौडेल, जिल्ला सल्लाहकार डा. बिनय कुमार, अल नेपाल होमियोपेथि एशोसिएसन बागमतीका सचीव डा. अमित सहनि, लायन्स क्लब अफ चितवन मिड टाउनका निबर्तमान अध्यक्ष तथा जोन चियर प्रसन रामहरि घिमिरे, चितवन मानव सेवा आश्रमका सचिव देवि आचार्य लगाएतको सहभागिता रहेको थियो ।

आजका कार्यक्रमका सभापति च्ब्ब्ल् चितवनका कार्यबाहक अध्यक्ष डा। यान्थस बुढाथोकी ज्यु हुनुहुन्थियो भने कार्यक्रममा स्वागत मन्तव्य च्ब्ब्ल् चितवनका कार्यसमिति सदस्य श्री कमल सिग्देल ज्युले राख्नु भएको थियो तथा कार्यक्रम संचालन च्ब्ब्ल् चितवन जिल्ला सचीव श्री लक्ष्मण जि। सि ले गर्नु भएको थियो।
