Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नेविसंघ चितवनमा विवाद, असन्तुष्ट पक्षले बुझाए सभापतिलाई ज्ञापनपत्र

नेविसंघ चितवनमा विवाद, असन्तुष्ट पक्षले बुझाए सभापतिलाई ज्ञापनपत्र

images

इच्छाकामना न्युज

१५, भाद्र २०८०
नेविसंघ चितवनमा विवाद, असन्तुष्ट पक्षले बुझाए सभापतिलाई ज्ञापनपत्र
images

चितवन । नेपाल विद्यार्थी संघ चितवनमा फेरी विवाद देखिएको छ । अवैधानिक रुपमा नयाँ विस्तारित समिति गठन गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएका हुन् ।

पाटीका जिल्ला सभापति राजेश्वर खनाललाई पत्र नै लेखेर असन्तुष्ट पक्षले अधिवेशन गराउन दिएको समय समेत सकिएको अवस्थामा एक्लौटी समिती विस्तार गरिएको भन्दै विरोध जनाएका हुन् । केन्द्रीय नेतृत्वले अधिवेशन गराउन पाँच महिना अगाडि नेविसंघको जिल्ला अध्यक्षमा राजेश भुसाललाई मनोनित गरेको थियो ।

‘भुसाललाई तीन महिनाभित्र अधिवेशन गर्नेगरी अध्यक्षमा मनोनित गरिएको हो । त्यसकारण केन्द्रीय अध्यक्षले अधिवेशन गराउनको लागि भनेर दिएको समय समेत सकिरहेको अवस्थामा अध्यक्ष भनेर गरेका कुनै पनि गतिविधि वैधानिक नहुने कुरा स्मरण गराउँछौं,’ जिल्ला सभापति खनाललाई बुझाईएको ज्ञापन पत्रमा भनिएको छ ।

‘यो समितिलाई कुनै मान्यता नदिन अनुरोध गर्दछौँ ।’ उनीहरुले नेविसंघ चितवनलाई अगाडि बढाउन तीन महिना भित्र नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - २०:२३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology