Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आफ्नै १४ वर्षीया नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाउने बाजे पक्राउ

आफ्नै १४ वर्षीया नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाउने बाजे पक्राउ

इच्छाकामना न्युज

१४, भाद्र २०८०
आफ्नै १४ वर्षीया नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाउने बाजे पक्राउ
images

इलाम । भदौ पाँच गते आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा हजुरबुबालाई प्रहरीले पक्राउ ग¥यो । ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट थाह भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

images
images

विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुवाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि हजुरबुबालाई पक्राउ गरिएको थियो ।

गत वर्ष एक वालिकाको आफ्नै सौत्याने बुबाले बलात्कार गरी गर्भवती बनाए । ११ वर्षकी उक्त बालिका गर्भवती भएको तीन महिनामा बुबाबाट गर्भवती भएको पुष्टि भयो । बुबा अहिले सम्म फरार छन् । बालीकाका आफ्नै बुबा कहाँ छन् भन्ने अहिले सम्म थाहा हुन सकेको छैन । बालिकाकी आमाले दोस्रो विवाह गरिन ।

विवाह गरेको केही समयपछि सुत्केरी भइन । दोस्रो विवाह गरेर गएकी आमा सुत्केरी हुँदा घरमा सर सहयोगका लागि लगिएकी उक्त बालिकालाई सौत्याने बुबाले गर्भवती बनाएर फरार भए । ती बालिका अहिले आफन्तसँग बेसेकी छिन । गत चैत्र २० गते १५ वर्षकी बालिकालाई घरमा कोही नभएको मौका पारी करणी गरेको आरोपमा प्रहरीले भाइलाई पक्राउ ग¥यो । पीडित बालिकाको आमाको भाइको छोराले घरमा कोही नभएको बेला करणी गरेको भन्दै जाहेरी परेको थियो । पीडित कानुनी कारबाहीमा छ ।

गत पुस १७ गते १३ वर्षकी बालिकालाई फकाई फुल्याई पाँच सय रुपैयाँ दिएर करणी गरेको र २५ हप्ताको गर्भ भएपछि प्रहरीले पक्राउ ग¥यो । विभिन्न प्रलोभनमा पारि आफ्नै घरमा बोलाएर करणी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । गत वर्ष १५ वर्षीय एक बालिका बलात्कृत भइन । उनी कोबाट बलात्कृत भइन भन्ने खुल्न सकेन । अपरिचित व्यातिबाट बलात्कृत उक्त बालिका बुबा र आम बिचको सम्बन्ध समेत राम्रो नभएको अनुसन्धानले देखाएको छ । १४ वर्षकी एक बालिका चार वर्ष देखि जबरजस्ती करणीको सिकार बनिन ।

गत वर्ष भदौ २३ गते दुई जना बालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ ग¥यो । दुवैले १४ वर्षीय र १३ वर्षीय वालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो । एक वर्ष अघि भतिजी साइनो पर्ने बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६२ वर्षका वृद्धलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको थियो । करणी गरेको आरोपका केही अभियुक्त अझै पनि फरारमा छन् भने धेरै कानुनको सजाय भोगिरहेका छन् ।

यी त जिल्लाका प्रतिनिधि मुलक घटना मात्रै हुन । गत आव र चालु आवमा इलाममा ३० वटा जवरजस्ती करणीको मुद्धा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राजधानी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - ०९:३७:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology