Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँमा जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

images

इच्छाकामना न्युज

१२, भाद्र २०८०
तनहुँमा जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह
images

काठमाण्डाै । मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले चार सय के.भि विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटबल सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणकाे प्रक्रिया अगाडि बढाएकाे छ । 

एमसीए–नेपालले तनहुँकाे आँबुखैरेनी, बन्दीपुर, ऋशिङ्ग र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिका क्षेत्रमा पर्ने जग्गा र संरचना अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेकाे हाे । 

यो क्षेत्रमा अधिग्रहण गरिने जग्गाहरु आजदेखि नै रोक्का रहने र कुनै पनि संरचना थप्ने काम नगर्न/नगराउन सार्वजनिक सूचनामार्फत् सूचित गरिएको छ । एमसीए–नेपालले आज सूचना निकालेर २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा बालीनालीलगायतका अन्य संरचना भए त्यसको समेत मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न भनेको छ ।

आ–आफ्नो हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन कार्यालयमा पेस गर्न भनिएको छ । साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए खोलेर सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमार्फत् गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।

यसअघि रातामाटे सबस्टेसनदेखि नयाँ दमौली सब स्टेसन खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न अनुरोध गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - ०८:५९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology