Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपाको प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक 

नेकपाको प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक 

images

इच्छाकामना न्युज

११, माघ २०७७
नेकपाको प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक 
images

काठमाण्डौ, ११ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेकोप्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले आज दिउँसो साढे १२ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बस्ने जानकारी दिनुभयो । 
शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–नेपाल समूहले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ। गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालन लगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - ०९:४२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology