Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनाका विनय अधिकारीद्वारा एनआरएनएको अध्यक्षमा पदमा उम्मेदवारीको घोषणा

इच्छाकामनाका विनय अधिकारीद्वारा एनआरएनएको अध्यक्षमा पदमा उम्मेदवारीको घोषणा

images

इच्छाकामना न्युज

७, भाद्र २०८०
इच्छाकामनाका विनय अधिकारीद्वारा एनआरएनएको अध्यक्षमा पदमा उम्मेदवारीको घोषणा
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारमा घर भई हाल बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालमा थुप्रै व्यवसाय सञ्चालन गरिरहेका उनी अहिले बेलायतको क्यामरिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी गर्दैछन् । संघको ११ औं महाधिवेन १७ अक्टोबरदेखि सुरु हुँदैछ ।

उनले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीको समेत भूमिका रहने भन्दै त्यसमा आफूले पहल गर्ने बताएका छन् । विकासको मूल प्रवाहमा गैरआवासीय नेपालीलाई आवद्ध गर्न राष्ट्रिय योजना आयोगसँग सहकार्य गर्ने उनको भनाइ छ ।

विदेशमा पढिरहेका विद्यार्थीलाई इन्टरसिपमा नेपाल पठाएर ज्ञान र सीपको उपयोग गर्ने वातावरण बनाउने समेत उनले बताए । आफ्नो उम्मेदवारी निर्वाचनसम्म कायम रहने भन्दै उनले सोही अनुसार निर्वाचनमा होमिएको बताए ।

images
प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - २१:३६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology