काठमाण्डौ, १० माघ । प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत विभागीय टोली एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजीत गदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
लगातार तिन खेल जित्दै त्रिभुवन आर्मि यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ । आजै भएको अर्काे खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ । मुलपानी स्थित क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले २७ओभर ४ बलमा सबै विकेट गुमाएर मात्र ६२ रन जोडेको थियो । लगातार तिनहार ब्यहोरेको सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरीएको छ ।