Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

‘अब मलाई नखोज्नु’ भन्ने सन्देश लेखेर बुटवलका व्यवसायी गंगा ढकाल नारायणी पुलबाट बेपत्ता

‘अब मलाई नखोज्नु’ भन्ने सन्देश लेखेर बुटवलका व्यवसायी गंगा ढकाल नारायणी पुलबाट बेपत्ता

images

इच्छाकामना न्युज

६, भाद्र २०८०
‘अब मलाई नखोज्नु’ भन्ने सन्देश लेखेर बुटवलका व्यवसायी गंगा ढकाल नारायणी पुलबाट बेपत्ता
images

चितवन । बुटवलका औषधी व्यवसायी गंगा ढकाल नारायणी पुलबाट बेपत्ता भएका छन् । बुटबलबाट घर छाडेर हिडेका व्यवसायी ढकाल आइतबार साँझ नारायणी पुलबाट बेपत्ता भएका हुन् ।

बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरिरहेका ५३ वर्षीय ढकाल शनिबार घरबाट हिंडेपछि सम्पर्कविहिन भएका थिए । उनले बुटवलमा दुई दशक अगाडिदेखि ड्रग इन्टरनेसनल फर्म स्थापना गरी औषधि व्यवसायय गर्दै आएका थिए।

मोबाइल र घडी समेत घरमा छाडेर चितवन आएका ढकाल सम्पर्कविहिन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिए । शनिबार राति चितवनमा आएर नारायणगढको होटलमा बसेका ढकाल आइतबार साँझ नारायणी पुलबाट बेपत्ता भएका छन् । उनले चितवनबाट आइतबार कुरियर गरेर कपडासहित ‘अब मलाई नखोज्नु’ भनी सन्देश घरमा पठाएका थिए ।

आइतबार साँझ ७ बजेपछि नारायणी पुलको सीसीटीभी फुटेजमा देखिएका ढकाल पुलबाट कहाँ गए केही पत्तो नभएको नारायणगढ वडा प्रहरी कार्यालय र गैँडाकोट प्रहरीले जनाएको छ । नारायणगढबाट पुल हुँदै गैँडाकोटतिर लागेका उनी गैँडाकोटतिर पुगेको कुनै प्रमाण नभेटिएपछि पुलको बीचबाटै हराएका हुन् । ढकाललाई खोज्न चितवन आएका उनको परिवार वडा प्रहरी कार्यालय पुगेर सीसीटीभी फुटेज हेरेको तर पुलको बीचबाट कता गए भनेर पत्ता नलागेको प्रहरीले जनाएको छ ।

पुलमा हिड्ने स्थानीयले हाफ पाइन्ट लगाएको एक जनाले पुलबाट हाम फालेको सूचना गैँडाकोट प्रहरीलाई दिए पनि आजसम्म पुष्टि हुन सकेको छैन । तर, कतै हामफाल्ने व्यक्ति उनै व्यवसायी त होइनन् भनेर आफन्तहरुले आशंका व्यक्त गरेका छन् । चितवन प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - २०:०३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology