Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अक्सफोर्ड कलेज बस टिकौली दुर्घटना : चालकले गाँजा खाएर बस चलाउँदा दुर्घटना भएको पुष्टि

अक्सफोर्ड कलेज बस टिकौली दुर्घटना : चालकले गाँजा खाएर बस चलाउँदा दुर्घटना भएको पुष्टि

images

इच्छाकामना न्युज

४, भाद्र २०८०
अक्सफोर्ड कलेज बस टिकौली दुर्घटना : चालकले गाँजा खाएर बस चलाउँदा दुर्घटना भएको पुष्टि
images

चितवन । गैंडाकोटस्थित अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको खुलेको छ । साउन ३१ गते भरतपुरबाट रत्ननगरतर्फ जाँदै गरेको अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले लास बोकेको बोलेरोसहित ६ वटा सवारी साधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए ।

बस चालक गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारको चितवन मेडिकल कलेजमा मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) परीक्षण गरिएको थियो । परिक्षणपछि परियारले लापसे गरेको पुष्टि भएको सिएमसी स्रोतले जानकारी दियो । प्रहरीले पछिल्लो समय सवारी चालकको मापसे र लापसे चेकिङ गर्दै आएको छ ।

अक्सफोर्ड कलेजले दुर्घटनाका सबै घाइतेको उपचार गर्ने जिम्मा लिइसकेको छ भने अधिकांश घाइते निको भएका छन् ।

images
प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - ११:२७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology