विराटनगर, १० माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताउनुभएको छ । आज विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताउनुभयो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल विरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावमा समर्थन गर्ने नगर्ने भन्नेमा काँग्रेस भित्र विवाद छ । वरिष्ठ नेता पौडेलले काँग्रेस प्रतिपक्षी भएकाले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको नाममा अस्थिरता ल्याउन खोजेको भन्दै उहाँले अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।