Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नारायणगढ–मुग्लिन सडकखण्डमा सधैं पहिरोको सास्ती

नारायणगढ–मुग्लिन सडकखण्डमा सधैं पहिरोको सास्ती

images

पत्रपत्रिका

२४, श्रावण २०८०
नारायणगढ–मुग्लिन सडकखण्डमा सधैं पहिरोको सास्ती
images

भरतपुर । सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराको जोखिमलाई मध्यनजर गर्दै यन्त्र उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखेको छ । जुगेडी कटेपछि मुग्लिनसम्मको सडकमा तीन ठाउँमा पहिरो हटाउने मेसिन र इन्जिनियरसहितका कर्मचारी तयारी अवस्थामा राखेको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार जोखिमयुक्त ठाउँका लागि पायक पर्ने तीन ठाउँमा मेसिन राखिएको छ । ‘दुईवटा लोडर र एउटा एक्साभेटर चौबिसै घन्टा तयारी अवस्थामा राखेका छौँ’, उनले भने, ‘पुल निर्माणको काम पनि भइरहेको हुँदा आवश्यक पर्दा निर्माण कम्पनीको यन्त्र उपकरण पनि प्रयोगमा आइरहेको छ ।’ त्यसबाहेक आवश्यक पर्दा थप गरेर काम गर्दै आएको उनले बताए ।

‘सडक अवरूद्ध भएमा खुलाउनका लागि दुई जना सुपरभाइजर, एक जना इन्जिनियर, दुई जना सव–इन्जिनियर र १२ जना वर्कर हुन्छन्’, उनले भने । बाटो खुलाउनका लागि जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला ट्राफिकलगायतका निकायसँग समन्वय गरेर काम गरिरहेको उनले बताए । सडक निर्माण सम्पन्न भइसकेपछि पहिराको जोखिम भएका ३३ स्थानको पहिचान गरी पहिरो रोक्ने जाली लगाउने काम पनि भएको थियो । पहिल्यै जाली लगाएको ठाउँमा पहिरो नझरेको उनले बताए ।

तर, पुल बनाउने ठाउँमा त्यही जालीको आवश्यकता परेको उनले बताए । ‘अहिले सडकको छेउतर्फको भागमा नयाँ पुल बनाएको ठाउँ सुरक्षित भए पनि कुना (भित्तो)तर्फको भागमा नयाँ पुल बनाएका स्थानमा जोखिम बढेको देखिन्छ’, उनले भने, ‘त्यस्ता स्थानमा फेरि जाली लगाउनुपर्ने देखिएको छ ।’

देशको राजधानीसँग जोड्ने मुख्य बाटो भएकोले पनि यो बाटोलाई ‘जीवनरेखा’ अर्थात् लाइफलाइनको उपमा दिँदै आइएको छ । तर, पहिराको जोखिम सधैँ भइरहने हुँदा बेला–बेला यात्रुले नराम्रैसँग कष्ट व्यहोर्नु परेको छ । त्यसैले यसको विकल्पमा नयाँ बाटोको खोजी हुनु आवश्यक देखिन्छ ।

भण्डारा–मलेखु जोड्ने चेपाङमार्ग र शक्तिखोरबाट फिस्लिङ जोड्ने बाटोको ट्रयाक खुलेको छ । तर, ती बाटा हाललाई नारायणगढ–मुग्लिनको वैकल्पिक मार्ग हुन नसक्ने कार्यालयका सूचना अधिकारी इन्जिनियर साहले बताए । भण्डाराबाट मलेखु जाने बाटोको ट्रयाक पूर्णरुपमा खुलिनसकेकोले मुग्लिन–नारायणगढ सडकको विकल्प हुन सक्ने अवस्था नरहेको उनले बताए ।

शक्तिखोरबाट फिस्लिङ जोड्ने बाटो पनि साना गाडीहरु चल्न सक्ने भए पनि मुग्लिन–नारायणगढ सडकमा चल्ने सवारीसाधनका लागि उपयुक्त बाटो नभएको उनले बताए । ‘त्यसैले साना सवारीसाधनका लागि सोच्न सके पनि ठूला सवारीसाधनका लागि नारायणगढ–मुग्लिन सडकको वैकल्पिक मार्ग भनेको हाललाई नयाँ ट्रयाककै खोजी हो’, उनले भने ।

बेला–बेलामा पहिरो झरिरहने हुँदा सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढ–मुग्लिनको बाटो हिँड्दा मौसमको अवस्था हेरेरमात्रै हिँड्न आग्रह गर्दै आएको छ । चितवनपोष्टबाट

images
प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १२:०९:४६ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology