Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विवादित अभिव्यक्ति दिने पाण्डेलाई कारवाही माग गर्दै चितवनका तामाङ र मगर समुदायले पनि बुझाए सिडिओलाई ज्ञापनपत्र

विवादित अभिव्यक्ति दिने पाण्डेलाई कारवाही माग गर्दै चितवनका तामाङ र मगर समुदायले पनि बुझाए सिडिओलाई ज्ञापनपत्र

images

इच्छाकामना न्युज

२२, श्रावण २०८०
विवादित अभिव्यक्ति दिने पाण्डेलाई कारवाही माग गर्दै चितवनका तामाङ र मगर समुदायले पनि बुझाए सिडिओलाई ज्ञापनपत्र
images

चितवन । विवादित अभिब्यक्ति दिने अधिबक्ता भगवती पाण्डे र गत साउन १७ गते टेकु प्रहरी परिसरमा घटेको घटनाका दोषी प्रहरीलाई कारबाहीको माग गर्दै चितवनका तामाङ तथा मगर समुदायले ज्ञापन पत्र बुझाएका छन । सोमबार बिरोध प्रदर्शनसहित  प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई सम्बोधन गरि ज्ञापन पत्र बुझाइएको हो । 

ज्ञापनपत्रमा तामाङ तथा मगर समुदायलाई अपराधीकरण गर्दै अभिब्यक्ति दिने पाण्डेलाई हदैसम्मको कारबाही गरिनुपर्ने, साउन १७ गते टेकु प्रहरी परिसरमा अभियान्ताहरुलाई अमानवीय यातना दिने दोषी प्रहरीमाथि कारबाहि गरिनुपर्ने र घाइते भएका दर्जनौ अभियान्ताहरुको स्वास्थ्य उपचार सरकारले निशुल्क गराउनुपर्ने माग गरिएको छ । 

ज्ञापनपत्र बुझाउँदै नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष बाबुलाल थिङले संघर्षका कार्यक्रम नरोकिने बताए । उनले पाण्डे र प्रहरीलाई कारबाहिको दायरामा नल्याए थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताए । 

सो क्रममा पुर्वमन्त्री तथा लोकतान्त्रिक तामाङ संघका केन्द्रिय अध्यक्ष दावा लामाले पाण्डेलाई कारबाहीको माग गर्दै शान्तिपुर्ण प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले निर्घात कुटपिट गरिनु गणतन्त्रमाथीकै उपहास भएको बताए । उनले पाण्डे र याताना दिने प्रहरीलाई समेत तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे । 

ज्ञापन पत्र बुझाउन घेदुङ तथा मगर संघका नेताहरुसहित कलाकार, अभियान्तालगायत सयौँको संख्यामा उपस्थित भएका थिए । उनीहरुले पारस बसपार्क हुदैँ जिल्ला प्रसाशन कार्यालयको मुलगेटमा पुगेर केहिबेर नाराबाजीसमेत गरे । 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ज्ञापनपत्र बुझ्दै तत्काल गृहमन्त्रीसमक्ष पुर्याइने बताए । माग का बिषयमा सरकार गम्भीर रहेको सन्देश उनले दिए । 

images
प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - २०:५६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology