Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगर र चीनको सिगात्से सिटीबीच दुई पक्षिय हितमा काम गर्ने सहमति

भरतपुर महानगर र चीनको सिगात्से सिटीबीच दुई पक्षिय हितमा काम गर्ने सहमति

इच्छाकामना न्युज

१९, श्रावण २०८०
भरतपुर महानगर र चीनको सिगात्से सिटीबीच दुई पक्षिय हितमा काम गर्ने सहमति

सिगात्से । भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम रहेको सिगात्से सिटीका प्रमुख वाड्ग फड्ग हुड्ग र भरतपुर  महानगरपालिका प्रमुख रेनु दाहालबीच दुई सहरबीच एक आपसमा सहयोग आदन–प्रदान गर्दै दुई सहरका जनताकोबीचमा सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढ्ने सहमति भएको छ ।

images

तिब्बत प्रान्तको दोस्रो ठूलोे हिमाली सहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डल बीच प्रविधि आदान–प्रदान कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै  भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा दुवै सहरका प्रमुखबीच सहमती भएको हो ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले सिगात्से सिटीको न्यानो माया र आतिथ्यताप्रति खुसी व्यक्त गर्दै भरतपुर महानगरपालिकाको संक्षिप्त परिचय जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको बताउँदै सिगात्से सरकार र यहॉका व्यवसायीहरूलाई नेपालको भरतपुरमा लगानी गर्न आग्रह गर्नुभयो ।

प्रमुख दाहालले सिगात्सेको चौतर्फी विकास लोभलाग्दो रहेको भन्दै मेयर वाड्ग फड्ग हुड्गलाई धन्यवाद दिदै अर्को पटक सिगात्से आउँदा सिगात्सेको समग्र विकास हेर्ने आशा रहेको भन्दै सिगात्से सिटीका नागरिकको मन जितेर अगाडि बढ्न शुभकामना व्यक्त गर्नु भएको थियो । सो अवसरमा प्रमुख दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा विषेश कार्यक्रम गरी मनाउन लागेको भन्दै भरतपुर भ्रमण वर्षमा सहभागि हुन मेयर वाड्ग उहॉको टिम र उहॉमार्फत सिगात्सेवासीलाई निमन्त्रणा गर्नुभएको थियो ।  

सो अवसरमा सिगात्से सिटीका प्रमुख वाड्गले प्रमुख दाहालसहित भरतपुरको प्रतिनिधि मण्डललाई सिगात्सेमा स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको बताउदै भरतपुर र सिगात्से सहरको सम्बन्धलाई जनस्तरमा देखिने गरी स्वागत गर्न आफुहरू सधै तयार रहेको भन्दै कोभिड–१९ को महामारीको समयमा पनि भरतपुरका नागिरकहरूको जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री प्रधान गरेर सानै भए पनि सहयोग पु¥याएको स्मरण गर्नुभयो ।

सो अवसरमा प्रमुख वाड्गले नेपाल र तिब्वत क्षेत्रसँग व्यवस्थित सडक र रेल सञ्जालमार्फत जोडेर दुई देशले लाभ लिने गरी चीन सरकारले आयोजना अगाडि बढाउन पहल गरिरको बताउँदै त्यसका लागि नेपाल सरकारको ध्यानआकर्षण गरिदिन मेयर दाहालमार्फत आग्रह गर्नभयो । सिगात्सेको पशुपालन व्यवसाय प्रवर्दनका लागि भरतपुरले साईलेज उद्योग सञ्चालन गर्न सहयोग पु¥याएर ठूलो सहयोग गरेको भरतपुरको घॉस अहिले सिगात्सेको कृषि फार्मका याक चौरी भेडा लगायतका लागि पौष्टिक आहारको रूपमा खपत भईरहेको बताउनुभयो ।

चीन नेपालको असल छिमेकी भएको स्मरण गर्दै प्रमुख वाड्गले सिगात्से सरकार भरतपुरमा आधुनिक प्रणालीमा कृषि क्षेत्रमा लगानी गर्न ईच्छुक रहेको बताउदै सन २०२४ मा हुने भरतपुर भ्रमण वर्षलाई सफल पार्न सक्दो सहयोग गर्ने बताउँदै समय मिलाएर आफु भरतपुरको भ्रमण गर्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर र सिगात्से बीच कायम रहेको भगिनी सम्बन्धलाई दुई पक्षिय भ्रमणका माध्यमबाट अझ प्रगाढ बनाउदै लैजानु पर्ने बताउनुभयो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले सिगात्से सहरको भ्रमणले दुई सहर बीचको पारस्परिक विश्वासमा थप टेवा पु¥याएको भन्दै न्यानो आतिथ्यताका लागि सिगात्से सरकार र सिगात्से सिटीका नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । 

महानगरपालिका प्रमुख दाहालको नेतृत्व रहेको ८ सदस्यी प्रतिनिधि मण्डलले सिगात्से सहरका ऐतिहासिक एवम् पुरातात्विक महत्वका क्षेत्रको अवलोकन, सडक सञ्जाल हरियाली प्रवर्दनका साथै औद्योगिक क्षेत्र र भरतपुरको साईलेज घाँसमार्फत पशुपालन गरिएको ऐभरेष्ट ऐग्रो फार्मको अवलोकन गरेको भ्रमणमा सहभागी भरतपुर महानगरपालिकाका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।

भ्रमण टोलीले तिब्बत प्रान्त अन्तर्गतका सरकार प्रमुहरूसँग उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिनुभयो ।भर्रमण दलमा नगर प्रमुख रेनु जाहालको नेत्रित्वमा उप प्रमुख चित्रसेन अधिकारी प्रमुख प्रसासकिय अधिकृत नरेन्द्र कुमार राना बिज्ञ सल्लाहकार अनिल कुमार पठक बिज्ञ प्रेस सल्लाहाकार सुरेस चन्द्र अधिकारी ईन्जिनियर  साकार लामा लगायत ८सदस्सिय रहेको  रहेको छ । 

images
प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - ०८:२२:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology