गोरखा । २७ बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ८ मुलाबारीका ४८ बर्षिय राम बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।
गत शनिवार राती अन्दाजी ११ बजेको समयमा डरत्रास र धाकधम्की देखाई जवरजस्ती करणी गरेको भनी पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि नेपालीलाई पक्राउ गरिएको डिएसपी रमेश कुमार श्रेष्ठले बताए ।
सोमवार पक्राउ परेका नेपालीलाई जवरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।